भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यो वर्ष एमसीसीमा साढे ८ अर्ब खर्च

यो वर्ष एमसीसीमा साढे ८ अर्ब खर्च

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत विद्युत् र सडकका संरचनामा चालू आर्थिक वर्ष २०७९, ०८० मा साढे ८ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिने भएको छ ।

एमसीए सडक मर्मत आयोजनामा ७ अर्ब ५७ करोड र विद्युत् प्रसारण लाइन आयोजनामा १ अर्ब ७ करोड रुपैयाँ खर्च हुने भएको छ । चालू आवका लागि एमसीसीअन्तर्गतका परियोजनालाई छुट्ट्याइएको बजेट ९ अर्ब २७ करोड रुपैयाँ छ ।

त्यसमध्ये ८ अर्ब ९१ करोड ४१ लाख रुपैयाँ अमेरिकी अनुदानको हुनेछ । नेपाल सरकारले ३६ करोड ५६ लाख रुपैयाँ बेहोर्ने अर्थ मन्त्रालयको भनाइ छ । यो आयोजनाको अधिकांश रकम पूँजीगत प्रयोजनमा खर्च हुन्छ ।

एमसीसीको लक्ष्य करीब ३१५ किलोमीटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन र तीनओटा ४०० केभी क्षमताका सबस्टेशन निर्माण गर्ने र ७७ किलोमीटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने हो ।

उक्त लक्ष्य प्राप्तिका लागि यसै वर्षबाट आयोजना कार्यान्वयन हुँदै छ ।

 


Thali Mobile Pvt.Ltd.