भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रकेट लञ्चर विस्फोट पाकिस्तानमा आठ जनाको मृत्यु, तीन घाइते

रकेट लञ्चर विस्फोट पाकिस्तानमा आठ जनाको मृत्यु, तीन घाइते

एजेन्सी । पाकिस्तानमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लन्चर विस्फोट हुँदा आठ जनाले गुमाएका हुन । बालबालिकाले रकेट लञ्चर खेतमा फेला पारेर घरमा लगेको र उक्त रकेट विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् । घाइते भएकाको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.