भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रक्तसञ्चार सेवाको ५५ औँ स्थापना दिवस, तीन लाख २१ हजार यूनिट रगत विरामीलाई उपलब्ध

रक्तसञ्चार सेवाको ५५ औँ स्थापना दिवस, तीन लाख २१ हजार यूनिट रगत विरामीलाई उपलब्ध

१२ साऊन काठमाण्डौँ । यो वर्ष दुई लाख ३८ हजार आठ सय ३६ यूनिट रगत संकलन भई तीन लाख २१ हजार सात सय ७६ यूनिट रगत विरामीलाई उपलब्ध गराईएको नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रले जनाएको छ । स्थापनाको ५४ औँ बर्ष पूरा भएको अवसरमा आज प्रकाशित प्रतिवेदनमार्फत् यो जानकारी दिईएको हो ।

देशभरीमा विभिन्न संघ–संस्थाहरूबाट ३,४७८ वटा घुम्ती रक्त संकलन गरिएको छ भने केन्द्रीय रक्त सञ्चार सेवाबाट मात्रै ३९,७५५ यूनिट रक्त संकलन गरिएको छ । कोभिड महामारीको अवस्थामा सेवा स्थापना दिवस विभिन्न स्थानमा भीड नगरी कार्यक्रम मनाइएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

कोभिड १९ संक्रमणले रक्तसञ्चार सेवा प्रभावित भएपनि रक्तदाता र रक्तसंचार सेवा सँग सम्वद्ध संघसंस्थाको सहयोगमा संक्रमण जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिँदै आएको सेवा केन्द्रले जनाएको छ । रक्तसञ्चार सेवा केन्द्रले जस्तोसुकै विपद् तथा महामारीको समयमा पनि रगतको सहज व्यवस्थापनको पहल गरेको केन्द्रीय रक्तसञ्चार व्यूरोका संयोजक डाक्टर रेखा मानन्धरले बताइन् ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले कोभिड १९ बाट सुरक्षित हुनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै रक्तसञ्चार सेवाका गतिविधिहरु सञ्चालन गरिएको र विभिन्न साझेदारसँग मिलेर गुणस्तर बृद्धिको लागि प्रयत्नशील रही आएको बताए ।

 


Thali Mobile Pvt.Ltd.