भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जी–२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु दिल्लीमा

जी–२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु दिल्लीमा

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि जी–२० शिखर सम्मेलन शुरु हुदैछ । उक्त सम्मेलनमा भाग लिन विश्वका नेताहरु दिल्ली आइपुगेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडन हिजै दिल्ली आइपुगे भने चीनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।

यस सम्मेलनमा रुस युक्रेन युद्ध मुख्य मुद्दा हुने वताइएको छ । हिजो साँझ दिल्ली पुगेका बाइडनले हिजै भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

जी–२० मा विश्वका ठूला अर्थतन्त्र भएका १९ राष्ट्र र युरोपेली संघ रहेका छन् ।यसपटकको सम्मेलनको मुख्य चुनौती भनेको घोषणापत्रमा सहमत गराउनु हुने बुझिएको छ ।

असहमतिका बाबजुद पनि भारतले सदस्य राष्ट्रहरुलाई दिल्ली घोषणापत्रमा सहमत गराउन कडा दवाब दिने छ ।

गत वर्ष इन्डोनेसियामा भएको शिखर सम्मेलनमा युद्धका विषयलाई लिएर तीब्र असहमति थियो । सी र पुटिनको अनुपस्थितिले यस विषयमा निर्णय लिन अझै कठिन हुने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.