भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

राउटेसंग मुख्यमन्त्रीको दशैं, हेर्नुहोस मुखियाको जवाफ

राउटेसंग मुख्यमन्त्रीको दशैं, हेर्नुहोस मुखियाको जवाफ

सुर्खेत । नेपालको एक मात्र फिरन्ते जाति राउटेसंग कर्णाले प्रदेश सरकारले दशैं मनाएको छ । दशैंको मुखैमा खाद्यान्न वितरण गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत मन्त्रीको टोली राउटे बस्तीमा पुगेको हो । उनीहरुले राउटे बस्तीको अवलोकन गर्नुका साथै समस्याका बारेमा जानकारी लिए ।

शनिबार राउटे बस्तीमा पुगेको उक्त टोलीले सबैकुराको सुझबुझ गरेको छ । मुख्यमन्त्री शाहीले जंगलमा बसेका राउटेलाई निकै दुःख भएको र खान बस्न सहज अब कर्णाली सरकारले दिने भन्दै स्थायी घरको समेत व्यवस्था गरिदिने आग्रह गरे । तर राउटे मुखियाले उल्टै हामीलाई भन्दा मुख्यमन्त्रीलाई दुःख भएको जवाफ दिए । मुखियाले भने, राउटेले दुःख मान्दैन।’ राउटेले आफूलाई चाहिने कुरा जानेको छ भन्दै १, २, ३, ४, ५, ६ भनेर औंला समेत भाँचेर देखाए ।

‘तपाईहरु वान, टु भन्नुहुन्छ, हामी १, २ भन्छौं।’ यस्तै सवाल जवाफ भैरहे । राउटेहरुलाई थप दुई हजार रुपैयाँ मासिक भत्ता दिने कर्णाली प्रदेश सरकारले जनाएको छ। यसअघि मासिक प्रतिव्यक्ति तीन हजार रुपैयाँका रुपले भत्ता दिँदै आएको थियो । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउने भएका छन् । राउटे बस्ती पुगेको मुख्यमन्त्री शाहीको टोलीले राउटेलाई भोज पनि खुवाएको छ ।

 


Thali Mobile Pvt.Ltd.