भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतीय कलाकारले गाएको नेपाली शान्ति गीत सार्वजनिक

भारतीय कलाकारले गाएको नेपाली शान्ति गीत सार्वजनिक

काठमाडौं । सन्तोष श्रेष्ठको संगीत र हेम प्रभाष अधिकारीको शव्द रचनामा भारतकी प्रसिद्ध गायिका साधना सरगमले गाएको शान्ति गीतको भिडियो सार्वजनिक भएको छ ।

शान्ति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो । म्युजिक नेपालको युट्युब च्यानलमा रहेको शान्ति गीतको भिडियोमा रक्षा श्रेष्ठ, दिया गिरी, चक्र साउद, कुमार फुयाल र अभेलिना खड्काको अभिनय छ ।

शान्ति गीतका माध्यमबाट भाइचारा र विश्व बन्धुत्वको भावना जागृत गराउने अभिप्रायका साथ तयार पारिएको गीत भारतको मुम्बईस्थित आर्यान स्टुडियोमा रेकर्ड गरिएको संगीतकार श्रेष्ठले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.