राजनैतिक पूर्वाग्रह र मेडिकल माफियाले गराए मेसुको सुरुवा

राजनैतिक पूर्वाग्रह र मेडिकल माफियाले गराए मेसुको सुरुवा

भक्तपुर । राजनीतिक पूर्वाग्रह र मेडिकल माफियाको चङ्गुलमा परेर बागमती प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर अस्पताललाई प्रदेशकै उत्कृष्ट अस्पताल बनाउन सफल मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमको सरूवा गरेको छ । एक सय १९ वर्षपछि अस्पताललाई विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा माथि उठाउने मेसु गौतमको बाग्मती प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले बिहिवार प्रदेश स्वास्थ्य मन्त्री स्तरीय निर्णय गरी सरुवा गरेको हो ।

मेसु गौतमको सरुवालाई लिएर भक्तपुरका जनताले प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि कमिशन र मेडिकल माफियाको चंगुलमा फसेको आरोप लगाएका छन् । उनीहरुले भक्तपुर अस्पतालको मुहार फेर्ने मेसु गौतमको योगदानको बागमती प्रदेश सरकारले कदर गर्न नसकेकाे भन्दै  सतीले सरापेको देश भन्ने भनाई प्रदेश स्वास्थ्यमन्त्रालयको यो निर्णयले चरितार्थ गरेको बताइरहेका छन् ।

मेसु गौतमले भक्तपुर अस्पतालमा दलका कार्यकर्ता भर्ती केन्द्र बनाउन नदिएको, विभिन्न किसिमका कमिशन खान पल्केका कमिशन खोरहरुलाई कमिशन खानबाट बञ्चित गरेको, भक्तपुर अस्पतालमा पारदर्शी ढंगबाट काम गर्दै प्रदेशका १३ जिल्लाको पहिलो अस्पताल बनाउन सफल भएकी थिइन् ।

मेसु डा. गाैतमले भक्तपुर अस्पतालमा भइरहेको भ्रष्टाचारलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको कुरा स्वास्थ्य माफियालाई मन नपरेको र विभिन्न समयमा माफियाहरुले सरुवाको धम्कि दिने गरेका कुरा बाहिर आइरहदा प्रदेश मन्त्रालयले पनि माफियाकै निर्णय सदर गरेको भक्तपुरका जनताको भनाई छ ।

अस्पतालमा भइरहेको भौतिक निर्माणलाई पूर्णता दिन नपाउदै र स्वास्थ्य सेवाका विभिन्न आयाम थप्पदै जाने क्रममा मेसु गौतमको सपनामाथि तुसारापात भएको छ । यो उनको सरुवा मात्रै नभई भक्तपुरका जनतालाई स्वास्थ्य सेवाबाट बञ्चित गर्ने षडयन्त्र भएको उनीहरुको भनाई छ । स्वास्थ्य क्षेत्रमा भक्तपुर अस्पताललाई मानक बनाउने उदेश्य बोकेकी मेडिकल सुपरिटेण्डेन्ट डा. गौतमको सरुवा किमार्थ स्वीकार्य नहुने भक्तपुरका जनताले बताइरहेका छन् ।

गौतमको सरुवा बदर नभए आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् । बिहिवार प्रदेश स्वास्थ्य मन्त्री स्तरीय निर्णय गरी भक्तपुर अस्पतालकी मेसु डा गौतमलाई धादिङ्ग अस्पतालमा सरूवा र उनको ठाउँमा डा श्रीघर अर्याललाई भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी दिएको छ । पछिल्लो समय प्रदेश स्वास्थ्य मन्त्रालय माफिया नै माफियाले भरिएको र अन्य कर्मचारीहरुलाई पनि स्वास्थ्य माफियाले नै सरुवा गर्ने गरेको एक जना सचिवले नाम नबताउने सर्तमा जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.