भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राजीनामा दिने तयारीमा मुख्यमन्त्री अधिकारी

राजीनामा दिने तयारीमा मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते प्रदेश सभाको अधिवेशन डाक्ने र प्रदेश सभा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेशमा पनि चैत ९ गते नेकपा माओवादीले एमाले सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटनमन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिदै समर्थन फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक वाध्यता छ । ९ गते सरकार अल्पमतमा परेपछि १० गते पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

अधिकारीले बिहीबारको मन्त्रिपरिषदको बैठकबाट ९ गते संसद अधिवेशन बोलाउने आह्वान गरेका छन् । अधिकारीले विश्वासको मत पाउने अवस्था नरहेकाले संसदमा संवोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा २७ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ ।

८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन सहज बहुमत पुग्छ । माओवादीबाट कृष्ण धिताल सभामुख रहेकाले कांग्रेस–माओवादी मिल्दा सरकार बनाउन पुग्ने सहज ३४ जना हुन्छन् । मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनाव जितेका राजीव गुरुङ पनि मिल्दा अबको सत्ता गठबन्धन ३५ सदस्यीय रहन्छ ।

अहिले एमालेका २७ र राप्रपाका २ सदस्यसहित खगराज नेतृत्वको अल्पमतको सरकार छ । मुख्यमन्त्री अधिकारीले अहिले तीव्र रुपमा आयोजनाहरुको उद्घटन गर्ने, आफ्ना योजनामा बजेट हाल्ने र रकमान्तरको कसरतसमेत गरिरहेको स्रोतको दावी छ ।

 


Thali Mobile Pvt.Ltd.