भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उमेश श्रेष्ठसँग मतदाताले मागे लालपुर्जा

उमेश श्रेष्ठसँग मतदाताले मागे लालपुर्जा

चितवन । क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठसँग घरदैलोका क्रममा मतदाताले लालपुर्जा मागेका छन् । सो क्रममा भरतपुर ११ र १२ का भूमिहिनले श्रेष्ठलाई जग्गाधनी पुर्जा दिलाइ दिन माग गरे ।

उनीहरूले विगत २३ वर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठसँग लालपुर्जा दिलाइदिन अनुरोध गरेका छन् । घरदैलो गर्ने क्रममा भूमिहिनले आफूलाई जग्गाधनी पुर्जा मिलाइ दिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताए ।
भरतपुर वडा नम्बर १२ का भूमिहिन वीरबहादुर तामाङले वर्षौैँदेखि नेताहरूले आश्वासन मात्रै दिएको गुनासो गरे ।

आफूहरूले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुुंँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नुपरेको भन्दै तामाङले दुःखेसो पोखे । भूमिहिनका अगुवाले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पुर्जा भएको बताए । अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमानै असर परेको बताए ।

“कतै काम खोज्न जांँदा पनि सुकुम्वासी भनेर काम पाइँदैन । सार्वजनिक जग्गामा नत न त नचुहिने घर बनाउन सक्छौँ । हाम्रो बासको ग्यारेन्टि अब निर्वाचित हुनेले गर्नुहुन्छ भन्ने आशा छ ।”

 


Thali Mobile Pvt.Ltd.