भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

४८ घण्टा अघिबाट चुनाव प्रचारप्रसार गर्न नपाइने

४८ घण्टा अघिबाट चुनाव प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनको ४८ घण्टा अघिबाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसारका गतिविधि गर्न निर्वाचन आयोगले रोक लगाएको छ । आयोगले मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक पार्टीहरूले निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको हो ।

अघिल्ला निर्वाचनहरूमा आयोगले मौन अवधि तोक्ने गरेपनि यसपटक मौन अवधि नरहेकाले सो अवधिको समयलाई स्थिर समयको रुपमा प्रयोगमा ल्याएको आयोगको भनाइ छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरू गर्न पाइँदैन ।

सम्पूर्ण कार्यक्रम निषेध गर्दछ ।’ सिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ । त्यो समयमा कुनैपनि प्रकारको प्रचारप्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न नपाइँने आयुक्त भण्डारीले बताए । यदि कसैले प्रचारप्रसार ग¥यो भने निर्वाचन कसुर तथा सजाय ऐनले अनुसार कडा सजाय हुने उनको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.