रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे बालुवाटार जलाउने चेतावनी

रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे बालुवाटार जलाउने चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गर्दै तत्काल रिहा नगरे बालुवाटार जलाउने चेतावनी दिएको छ ।

प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेलगतै नेकपा प्रचण्ड माधव पक्षले यस्तो अभिव्यक्ति दिएको हो । राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको भन्दै विज्ञप्ति समेत जारी गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’ विज्ञप्तीमा भनिएको छ । राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै नारायणकाजी श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन् । झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.