काठमाडौं । सभामुख र उपसभामुखको निर्वाचनलगत्तै कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन केन्द्रीत लविङ्ग थालेको छ । अहिले पुरै ध्यान राष्ट्रपतिमा केन्द्रित गरेको काँग्रेसका एक नेताले बताए ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको टुंगो नलागे पनि कांग्रेसले अहिलेदेखि नै तयारी थालेको ती नेताको भनाइ छ । सबै दलको भागबण्डा भएको र अब काँग्रेसको भागमा राष्ट्रपति पर्ने दावी देउवा पक्षले गरेको छ ।
समझदारी बनाएर राष्ट्रपति आफ्नो पक्षमा पार्ने प्रयत्नमा कांग्रेस लागेको स्रोतको दावी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहमतीमा ल्याउन देउवा निरन्तर लागिपरेको स्रोतले बतायो ।
यती बेला राष्ट्रपतिमा कांग्रेसले दाबी गर्नु स्वाभाविक रहेको जानकार बताउँछन् । संविधान रक्षाका लागि पनि राष्ट्रपति कांग्रेसलाई दिनु पर्ने जानकारको तर्क छ ।
लजिकलीरुपमा प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी रहने बताएका छन् ।
तर, माओवादी उपमहासचिव जनार्दन शर्माले यसमा अवजेक्शन जनाएका छन् । उनले सत्तागठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताएका छन् ।
