भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपतिका लागि कांग्रेसले थाल्याे लविङ्ग, सत्तागठबन्धनबाटै बनाउनु पर्ने जनार्दनको जिकिर

राष्ट्रपतिका लागि कांग्रेसले थाल्याे लविङ्ग, सत्तागठबन्धनबाटै बनाउनु पर्ने जनार्दनको जिकिर

काठमाडौं । सभामुख र उपसभामुखको निर्वाचनलगत्तै कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन केन्द्रीत लविङ्ग थालेको छ । अहिले पुरै ध्यान राष्ट्रपतिमा केन्द्रित गरेको काँग्रेसका एक नेताले बताए  ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको टुंगो नलागे पनि कांग्रेसले अहिलेदेखि नै तयारी थालेको ती नेताको भनाइ छ । सबै दलको भागबण्डा भएको र अब काँग्रेसको भागमा राष्ट्रपति पर्ने दावी देउवा पक्षले गरेको छ ।

समझदारी बनाएर राष्ट्रपति आफ्नो पक्षमा पार्ने प्रयत्नमा कांग्रेस लागेको स्रोतको दावी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहमतीमा ल्याउन देउवा निरन्तर लागिपरेको स्रोतले बतायो ।

यती बेला राष्ट्रपतिमा कांग्रेसले दाबी गर्नु स्वाभाविक रहेको जानकार बताउँछन् । संविधान रक्षाका लागि पनि राष्ट्रपति कांग्रेसलाई दिनु पर्ने जानकारको तर्क छ ।

लजिकलीरुपमा प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी रहने बताएका छन् ।

तर, माओवादी उपमहासचिव जनार्दन शर्माले यसमा अवजेक्शन जनाएका छन् । उनले सत्तागठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.