भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर

राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर

काठमाडौं । राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर भएको छ । रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको हो । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध उक्र रिट दायर भएको हो ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । अघिल्लो संसदबाट पारित भएको विधेयक अहिले राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु असंवैधानिक रहेको दाबी गरिएको छ ।

हालै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको हो । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी थन्क्याएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.