काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।
बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको राष्ट्रपतिको सचिवालयले जनाएको हो । मुटुमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना भएका हुन् ।
मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ । गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो ।
अघिल्लो महिना मात्रै राष्ट्रपति पौडेलले भारतको नयाँदिल्लीमा उपचार गराएर फर्किएका थिए ।
