भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

प्रधानमन्त्रीको १८ वर्ष लामो वैवाहिक सम्बन्ध टुंगियो

प्रधानमन्त्रीको १८ वर्ष लामो वैवाहिक सम्बन्ध टुंगियो

क्यानडा । प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफी ग्रेगोयरले १८ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुंग्याएका छन् । ५१ वर्षीय ट्रुडो र ४८ वर्षकी सोफीबीच सन् २००५ मा विवाह भएको थियो ।

वैवाहिक सम्बन्ध टुंग्याउदै प्रधानमन्त्री ट्रुडोले भने, ‘धेरै अर्थपूर्ण र कठिन कुराकानी गरेपछि सोफी र म तपाईंहरूलाई भन्न चाहन्छौं, हामीले छुट्टिने निर्णय गर्‍यौं ।’ सोफीले पनि यस्तै स्टाटस आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।

ट्रुडो सन् २०१५ मा ४३ वर्षको उमेरमा क्यानडाको प्रधानमन्त्री बनेका थिए । उनीहरूको वैवाहिक सम्बन्ध केही वर्षदेखि नाजुक अवस्थाबाट गुज्रिरहेको थियो । ट्रुडो र सोफीका तीन सन्तान रहेका छन् ।

छुट्टिएपछि सोफी ओटावामा छुट्टै ठाउँ बस्ने छिन् तर छोराछोरीका लागि उनले प्रधानमन्त्रीको सरकारी निवासमा नै केही समय बिताउने बताइएको छ ।

ट्रुडोका लागि यो सम्बन्धविच्छेद इतिहासको पुनरावृत्ति पनि बनेको बताइएको छ । सन् १९७७ मा क्यानडाको प्रधानमन्त्री भएका बेला उनका बुवा पिएरे ट्रुडोको पनि पत्नी मार्गेटसँग सम्बन्धविच्छेद भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.