भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

राष्ट्रियसभा बैठक बस्दै, प्रचण्डले राजीनामा नदिएसम्म बैठक चल्न नदिने एमालेको तयारी

राष्ट्रियसभा बैठक बस्दै, प्रचण्डले राजीनामा नदिएसम्म बैठक चल्न नदिने एमालेको तयारी

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ । हिजो बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

एमालेले प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका थिए ।

त्यसपछि ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि बैठक आजका लागि बोलाइएको छ । आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइलाई लिएर एमालेले चर्को विरोध गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेको छ । सोही अनुसार आजको बैठक सञ्चालनमा अवरोध गर्ने एमालेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.