भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घुर्की, मौनता आजसम्म मात्रै हो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घुर्की, मौनता आजसम्म मात्रै हो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा आफू चुप लागेर नबस्ने चेतावनी दिएका हुन । उनले लेखेका छन्“अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला ।

मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन” सर्वोच्च अदालतले लामिछानेको नागरिकता नै अवैध भएको फैसला गरेसँगै उनको सांसद र उपप्रधान एवम् गृह मन्त्री पद खारेज भएको छ । तर पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिएर सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिएपछि लामिछानेको चर्को आलोचना समेत भएको छ ।

उनले गृह मन्त्रालयको अडान नछाडेको र नागरिकता प्रकरणमा दोषी ठहर भइसक्दा समेत कुनै गल्ती महसुस नगरेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट व्यापक आलोचना हुँदै आएको छ । महाभारत कथाअनुसार अभिमन्यूले कौरव पक्षको व्यूह रचना चक्रव्यूहको भेदन गरेका थिए ।

कथाअनुसार अभिमन्युले आफ्नो आमाको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए । तर सुभद्रा बीचैमा निदाएकोले उनले व्यूहभन्दा बाहिर आउने विधि सुन्न पाएका थिएनन् । लामिछानेले भनेका छन् आजसम्म यस्ता आलोचनाको जवाफ नदिएको र अब चुप लागेर नबस्ने उल्लेख गर्नुलाई समेत नेपाली राजनीतिमा महत्त्वका साथ हेरिएको छ ।

सामाजिक सञ्जालमा स्टाटस लेखेर लामिछानेले आजसम्म चुप लागे पनि अब आफूले मौनता तोड्ने चेतावनी दिएका हुन ।महाभारतमा अभिमन्युको मृत्युको कारण जयद्रथ थिए जसले अन्य पाण्डवलाई व्यूहमा प्रवेश गर्नबाट रोकेका थिए । यही पात्रलाई उल्लेख गर्दै लामिछानेले आफू अभिमन्यु नभएको समेत चर्चा गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.