राष्ट्र विकासको लागि इन्जिनियरहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने : अध्यक्ष बिजुक्छेँ

राष्ट्र विकासको लागि इन्जिनियरहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने : अध्यक्ष बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राष्ट्रको विकासमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७–७८ मा एम.ई. इन अर्थक्वेक र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन विषयअन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष विजुक्छेले आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपर्ने बताए ।

वैदेशिक सहयोगमा भएका सम्पदा पुनःनिर्माण र विकास आयोजनाले देशको सार्वभौमिकतामाथि असर पु¥याएको बताउँदै अध्यक्ष बिजुक्छेँले अनुशासन र इमानदारिता नै भक्तपुर नपाबाट स शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउदै स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा व्यापक जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउने विजुक्छेले बताए ।adheyxe bijukchxy

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुमा समाज र देशको निम्ति काम गर्ने भावना हुनुपर्ने बताउदै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो रहेको उल्लेख गरे । स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको बताउदै उनले देशका मुख्य मुख्य पदमा बसेका व्यक्तिहरुको सोचमा परिवर्तन नआएसम्म समाज रुपान्तरण हुन गा¥हो हुने बताए ।adheyxe bijukchxy

कलेजका व्यवस्थापन समितिका उपाध्यक्ष एवम नगरपालिकाका उपप्रमुख रजनी जोशीले अर्थक्वेक र अर्बान डिजाइन र कन्जर्भेसन विषयको महत्वबारे प्रष्ट पार्दै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र सम्बद्र्धनमा यी विषयहरुले महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरिन । ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा अर्थक्वेक र अर्बान डिजाइन विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको र सम्पदा संरक्षण तथा सभ्य सहर निर्माणमा यी विषयहरु महत्वपूर्ण विषयको रुपमा रहेको बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.