भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

रासायनिक मल उत्पादन गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल

रासायनिक मल उत्पादन गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल

काठमाडौं । नेपालमा हाइड्रोजन र त्यसबाट रासायनिक मल उत्पादन गर्न सम्भव देखिएपछि कार्यान्वयनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छलफल गरेको छ ।

एक अध्ययन समितिले गत साउन १० गते प्रतिवेदन बुझाएपछि मन्त्री पम्फा भुसालले प्रतिवेदन तयार गर्नेहरूसँग थप छलफल गरेकी हुन् ।

प्रतिवेदनका बारेमा विस्तृत जानकारी लिने र ती सुझाव कार्यान्वयनका उपायबारे बैठकमा छलफल भएको अध्ययन समितिका संयोजक चिरञ्जीवी चटौतले बताए ।

उनले भने, ‘रासायनिक मल कारखाना स्थापनाका लागि अब के कस्ता रणनीति तथा कार्यनीति अख्तियार गर्न सकिन्छ भनेर बैठकमा छलफल भयो ।’

बहुसरकारी निकायको संलग्नता यसमा रहने भए पनि नेतृत्वदायी भूमिका कुन मन्त्रालयले गर्ने भन्ने हालसम्म निक्र्योल हुन सकेको छैन ।

यो विषयमा सबै सरोकारवाला मन्त्रालयका मन्त्रीसहित प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने तयारी भइरहेको अध्ययन समिति सदस्य डा. विराजसिंह थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.