भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिनियाँ विदेशमन्त्री वाङ यिको निम्तोमा परराष्ट्रमन्त्री खड्का चीन जादै

चिनियाँ विदेशमन्त्री वाङ यिको निम्तोमा परराष्ट्रमन्त्री खड्का चीन जादै

काठमाडौं । तीन दिने चीनको भ्रमणमा परराष्ट्रमन्त्री डा. नारायण खड्का जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यिको निम्तोमा उनी चीन जान लागेका हुन् ।

साउन २४ देखि २६ गते सम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साउन २५ गते दुई देशबीच विदेश मन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हुने भएको छ । द्विपक्षीय हितका विषयमा छलफल हुने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

यो नेपालको तर्फबाट चीनमा हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हो । अमेरिकी परियोजना एमसीसीलगायतका योजनाहरू अगाडि बढ्दा चीनको बीआरआई परियोजना अलमलकै अवस्थामा छ ।

काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको सम्भाव्यता अध्ययन भइसकेको छ । अहिले सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ ।

मन्त्री खड्काको चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना अगाडि बढाउने विषयमा पनि छलफल हुने प्रवक्ता लम्सालले बताइन् । नेपाल र चीनबीच बीआरआईअन्तर्गत साझेदारी अगाडि बढाउन २०१७ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.