भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रास्वपाले विज्ञलाई मन्त्री बनाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. तोसिमाको चर्चा

रास्वपाले विज्ञलाई मन्त्री बनाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. तोसिमाको चर्चा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञताका आधारमा आफ्ना सांसदलाई मन्त्रालयको जिम्मेवारी दिने जनाएको छ ।

सांसदलाई जिम्मेवारी दिन विज्ञतालाई हेरिने महामन्त्री मुकुल ढकालले बताए । उपप्रधान तथा गृहमन्त्रीमा पार्टी सभापति रवि लामिछानेलाई पठाइसकेको रास्वपाले जसलाई जुनसुकै पनि जिम्मेवारी नदिने नीति लिएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णयमा पुग्ने ढकालले बताए । कम्तीमा ३ मन्त्रीसहित उपसभामुख स्वपाको दाबी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पार्टीको भागमा परे काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाललाई अनुभवका आधारमा दाबेदारका रूपमा हेरिएको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राप्त भए ललितपुर–३ बाट निर्वाचित डा. तोसिमा कार्कीसँगै समानुपातिक सांसदहरू डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की दाबेदार रहने छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएमा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतमलाई पठाउने रास्वपाले जनाएको छ । उपसभामुखमा समानुपातिक सांसद सुमना श्रेष्ठको चर्चा रहेको सांसदहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.