भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

रास्वपाले विज्ञलाई मन्त्री बनाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. तोसिमाको चर्चा

रास्वपाले विज्ञलाई मन्त्री बनाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. तोसिमाको चर्चा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञताका आधारमा आफ्ना सांसदलाई मन्त्रालयको जिम्मेवारी दिने जनाएको छ ।

सांसदलाई जिम्मेवारी दिन विज्ञतालाई हेरिने महामन्त्री मुकुल ढकालले बताए । उपप्रधान तथा गृहमन्त्रीमा पार्टी सभापति रवि लामिछानेलाई पठाइसकेको रास्वपाले जसलाई जुनसुकै पनि जिम्मेवारी नदिने नीति लिएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर निर्णयमा पुग्ने ढकालले बताए । कम्तीमा ३ मन्त्रीसहित उपसभामुख स्वपाको दाबी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पार्टीको भागमा परे काठमाडौं–६ बाट निर्वाचित शिशिर खनाललाई अनुभवका आधारमा दाबेदारका रूपमा हेरिएको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राप्त भए ललितपुर–३ बाट निर्वाचित डा. तोसिमा कार्कीसँगै समानुपातिक सांसदहरू डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की दाबेदार रहने छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएमा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतमलाई पठाउने रास्वपाले जनाएको छ । उपसभामुखमा समानुपातिक सांसद सुमना श्रेष्ठको चर्चा रहेको सांसदहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.