राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर

राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । ६१ केजी सुन तस्करी प्रकणरमा थुनामा रहेका दाबा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो ।

भेपमा ९ केजी सुन तस्करी प्रकरणमा संलग्न पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपराध र भन्सार छली अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ । बिजुली चुरोट (भेप) मा ९ केजी सुन तस्करी प्रकरण छानबिन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो ।

आज सीआईबीले ९ केजी सुन तस्करी प्रकरणमा संलग्नमाथि कारबाहीको सुझाव दिएपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए । १० पुस २०७९ मा दुबईबाट चिनियाँ तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर गोदाममा सिल गरेर राखिएको थियो ।

अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो । भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र छोरा राहुलले पटक–पटक भन्सार कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए । सीआईबीको सोधपुछमासमेत बाबु कृष्णबहादुरले आफूले सुन छुटाइदिन आग्रह गरेको साविती बयान दिएका थिए । तर, कृष्णबहादुरलाई उन्मुक्ति दिएर उनका छोरासहितका तीन जनालाई प्रतिवादी बनाएको छ ।

सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् । भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगो रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ। उक्त मुद्दामा उनीहरु दोषी ठहर भए कम्तीमा ५ वर्षको कैद सजाय हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.