भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

रुकुम पश्चिममा उद्धार सकियो, राहत वितरण गरिदै

रुकुम पश्चिममा उद्धार सकियो, राहत वितरण गरिदै

रुकुम । भूकम्पपीडितको उद्धार सकिएको छ । शुक्रबार रातिदेखी शुरू भएको खोज तथा उद्धार सकिएको हो । भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।

अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । शव परीक्षणपश्चात परिवारलाई राहत हस्तान्तरण गरिने बताइएको छ । घाइते भएका १७४ जना उपचारपछि अस्पतालबाट घर फर्केको प्रहरीले जनाएको छ ।

घाइते २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाइएको छ । अन्य २६ जनाको जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचनामा पनि क्षति पुगेको छ । मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले आइतबारदेखि राहत सामग्री वितरण गरिने प्रजिअ पन्तले बताए ।

 


Thali Mobile Pvt.Ltd.