भर्खरै : Sorry, your browser does not support inline SVG.

रुसले युक्रेनमा गरेको आक्रमण सैह्य नहुने अमेरिकी उपराष्ट्रपति ह्यारिसका चेतावनी

रुसले युक्रेनमा गरेको आक्रमण सैह्य नहुने अमेरिकी उपराष्ट्रपति ह्यारिसका चेतावनी

एजेन्सी । रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बताएकी छन् । जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधनमा ह्यारिसले उक्त कुरा बताएकी हुन । उनले युक्रेनको जनतामाथि रुसले ज्यादती गरेको बताउदै युद्धको नाममा मानवता विरुद्धकै अपराध गरिरहेको बताएकी हुन ।

रुसले युक्रेनमा एकवर्षको अवधिमा हत्या, यातना, बलात्कार, निर्वासन र मृत्युदण्ड जस्ता जघन्य अपराध गरेको स्मरण बताउदै उनले प्रसूति गृह जस्तो अस्पताल लक्षित आक्रमण कसैको लागि सह्य नहुने चेतावनी दिएकी छन् । सोही सम्मेलनमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले युक्रेनलाई सैन्य सहयोग दोब्बर पार्नुपर्ने आवश्यकता समेत औल्याएका छन् ।

अमेरिकी एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टद्वारा समर्थित संस्थाहरुका अनुसार युक्रेनसँगको युद्धमा रुसले ३० हजार भन्दा बढी गम्भीर मानव अधिकार उल्लंघनको अपराध गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.