भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको माग

रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको माग

एजेन्सी । संयुक्त राष्ट्र संघको महासभालाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्बोधन गरेका छन् । युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई भावुक सम्बोधनका क्रममा उनले अपिल गरे । रुसका आणविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि विश्व समुदायलाई उनले आग्रह गरेको बीबीसीले जनाएको छ ।

आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएका हुन । यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर चर्को आलोचना भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो ।

जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाए । उनले रूसले खानादेखि ऊर्जासम्म सबै हतियार बनाएको आरोप समेत लगाए ।
जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले बेवास्ता गरेको भन्दै उनले रुसलाई आणविक हतियार राख्ने अधिकारसमेत नभएको दाबी गरे ।

 


Thali Mobile Pvt.Ltd.