रोल्पामा त्रिपक्षीय झडप

रोल्पामा त्रिपक्षीय झडप

रोल्पा । कांग्रेस–एमाले गठवन्धन र माओवादी–एकीकृत समाजवादी गठबन्धन वीच झडप भएको छ । माडी गाउँपालिका वडा नं. ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका उक्त झडपमा घाइते भएका छन ।

३ को चुनावी सभा सकेर फर्कने क्रममा दुई समूह बीच झडप भएको हो । वडाध्यक्षका उमेदवार डाँगीमाथि एकाएक आक्रमण भएको नेपाली कांग्रेसका नेता पशुपति घर्तीमगरले बताए ।

आफूहरुलाई कांग्रेस–एमाले गठबन्धनवाट आक्रमण भएकोले प्रतिवाद गरेको माओवादी–एकीकृतसमाजवादी गठबन्धनले बताएको छ । घटना सामान्य भएको प्रहरीले बताएको छ । दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।

 


Thali Mobile Pvt.Ltd.