भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

लम्पी स्किन विरुद्ध १० लाख ३७ हजार डोज खोप आयात

लम्पी स्किन विरुद्ध १० लाख ३७ हजार डोज खोप आयात

काठमाण्डौ । लम्पी स्किन विरुद्ध १० लाख ३७ हजार डोज खोप आयात भएको छ । पशुचौपायामा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको हो ।

गाईभैँसीको खोपका लागि ०७९ र ८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक हरेक पालिकामा महामारी नियन्त्रण गर्न सङ्घीय सःसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको र यो रकमबाट उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरिएको छ ।

अहिलेसम्मआयातित खोपमध्ये २ लाख २२ हजार ७ सय ५१ पशुलाई लगाइएको पशु सेवा विभागले जनाएको छ । रोगको महामारी नियन्त्रण गर्नका लागि सरकारले निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

विभिन्न ६ बुँदे मागसहित पशु सेवा विभाग परिसरमा किसानले धर्ना समेत दिएका थिए । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.