भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च,होचा क्षेत्र खाली गर्न दिल्ली सरकारको चेतावनी

यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च,होचा क्षेत्र खाली गर्न दिल्ली सरकारको चेतावनी

भारत । भारतको राजधानी दिल्ली जलमग्न भएको छ । लगातारको वर्षाका कारण यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा धेरै ठाउँ डुबानमा परेका छन् । सन् २०१३ मा २ सय ७ दशमलव ३३ मिटर मापन गरिएको थियो ।

सन् १९७८ मा २ सय ७ दशमलव ४९ मिटर मापन गरिएको थियो । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च भएको बताएका छन् । नदीमा अझै पानीको सतह बढिरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार हिजो यमुना नदीमा पानीको सतह २ सय ८ दशमलव ०८ मिटर मापन गरिएको छ । यो भनेको खतराको बिन्दुभन्दा झण्डै दुई मिटर धेरै हो । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ ।

नदी आसपासका झण्डै तीन हजार जनालाई सुरक्षित ठाउँमा सारिएको छ । हरियाणाको हथिनीकुथ बाँधबाट निरन्तर पानी छोडिएकाले दिल्लीमा बाढी आएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा सहर पूरै जलमग्न भएको छ ।

 


Thali Mobile Pvt.Ltd.