भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च,होचा क्षेत्र खाली गर्न दिल्ली सरकारको चेतावनी

यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च,होचा क्षेत्र खाली गर्न दिल्ली सरकारको चेतावनी

भारत । भारतको राजधानी दिल्ली जलमग्न भएको छ । लगातारको वर्षाका कारण यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा धेरै ठाउँ डुबानमा परेका छन् । सन् २०१३ मा २ सय ७ दशमलव ३३ मिटर मापन गरिएको थियो ।

सन् १९७८ मा २ सय ७ दशमलव ४९ मिटर मापन गरिएको थियो । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च भएको बताएका छन् । नदीमा अझै पानीको सतह बढिरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार हिजो यमुना नदीमा पानीको सतह २ सय ८ दशमलव ०८ मिटर मापन गरिएको छ । यो भनेको खतराको बिन्दुभन्दा झण्डै दुई मिटर धेरै हो । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ ।

नदी आसपासका झण्डै तीन हजार जनालाई सुरक्षित ठाउँमा सारिएको छ । हरियाणाको हथिनीकुथ बाँधबाट निरन्तर पानी छोडिएकाले दिल्लीमा बाढी आएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा सहर पूरै जलमग्न भएको छ ।

 


Thali Mobile Pvt.Ltd.