भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

लागुऔषध प्रयोगविरुद्धको अभियान सार्थक बनाउनेमा नेपालको जोड

लागुऔषध प्रयोगविरुद्धको अभियान सार्थक बनाउनेमा नेपालको जोड

काठमाण्डौं । खेल क्षेत्रमा एन्टी डोपिङ अर्थात् लागुऔषध र शक्तिवर्धक वस्तुको गैरकानुनी प्रयोगविरुद्धको अभियान सार्थक बनाउन नेपालले जोड दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७ औँ एसिया तथाओसिनिया क्षेत्र अन्तर मन्त्रिस्तरीय बैठकमा प्रस्तुति दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले उक्त अभियानमा नेपालको प्रतिबद्धता जनाए ।

यो अभियानलाई सार्थक बनाउनुपर्ने विचार व्यक्त गरे । नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको र एन्टी डोपिङ सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले बताए ।

४५ देशको सहभागिता रहेको बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गर्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.