भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

शुक्लाफाँटाका सबै वडामा स्वास्थ्य सेवा पहुँच

शुक्लाफाँटाका सबै वडामा स्वास्थ्य सेवा पहुँच

कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका बासिन्दामा स्वास्थ्य सेवा विस्तार भएको छ । दक्ष स्वास्थ्य जनशक्तिसहित नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको हो । सामान्य रुपमा बिरामी हुँदासमेत स्थानीय बासिन्दाले विगतमा सदरमुकाम र टाढाका बजार क्षेत्रमा उपचार गर्नका लागि जानुपर्ने अवस्था विद्यमान थियो । वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार आठ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र र तीन वटा वडामा स्वास्थ्य चौकी रहेका छन् । बढी जनसङ्ख्या भएका दुई वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालना रहेका छन् ।

प्रत्येक स्वास्थ्य संस्थाबाट दैनिक चार सय बढी बासिन्दाले सेवा लिँदै आएका छन । “स्वास्थ्य संस्थामा विगतको तुलनामा दक्ष स्वास्थ्यकर्मीसँगै औषधिको पर्याप्तताले जटिल प्रकारका शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी बाहेक अन्य बिरामीको उपचार सहज रुपमा हुने गरेको छ”, शाखा प्रमुख भट्टले भन्नुभयो,“औषधि निःशुल्क रुपमा उपलव्ध गराउने र परामर्श सेवासमेत सहज वातावरणमा स्वास्थ्यकर्मीले दिने गरेका छन् ।” विगतमा प्रसूति हुनका लागि महिला जिल्ला सदरमुकाम र अन्य जिल्लामा जाने गरेकोमा हाल नगरपालिकाका पाँच स्वास्थ्य संस्थामा प्रसूति गृह सञ्चालनमा रहेका छन् । यससँगै स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमा रोग पहिचानका लागि प्रयोगशालासमेत स्थापना गरी सञ्चालन गरिएका छन् ।

शल्यक्रिया बाहेकको प्रसूति सेवा स्वास्थ्य संस्थाबाटै सुरक्षित रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मीले दिने गरेको उहाँले बताउनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि स्वास्थ्य संस्थाका भवन निर्माणको कार्यमा समेत नगरपालिकाले जोड दिएको छ । तीन वटा स्वास्थ्य चौकीका पहिले देखिनै भवन रहेका छन । तीन वटै स्वास्थ्य चौकीमा प्रसूति गृहसमेत सञ्चालनमा रहेका छन् । सहरी स्वास्थ्य केन्द्रमासमेत प्रसूति गृह सञ्चालनमा छन । आधारभूत स्वास्थ्य केन्द्रका दुई वटा भवन निर्माण भई कार्य सञ्चालनमा रहेको छ ।

दुई वटा केन्द्रका भवन निर्माणाधीन अवस्थमा रहेका छन् । बाँकी चार आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माणका लागि जग्गा खोजीको कार्य भइरहेको छ । योसँगै नगरपालिकामा १० शय्याको नगर अस्पताल निर्माणको कार्यसमेत सुरु भएको छ । एउटा स्वास्थ्य चौकीबाट सञ्चालित हुने र अर्को नगरपालिकाबाट सञ्चालित हुने गरी दुई वटा एम्बुलेन्सको व्यवस्थासमेत रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.