भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

लागू औषधसहित भक्तपुर कालोपाटीबाट एक युवा पक्राउ

लागू औषधसहित भक्तपुर कालोपाटीबाट एक युवा पक्राउ

भक्तपुर । लागू औषधसहित भक्तपुरबाट एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर नजिकै औद्योगिक क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा गएराति भनपा वडा नं. २ कालोपाटीमोडमा बाग्मती प्रदेश ०२–०३४ प। २३२५ नं। को स्कुटीको डिकीबाट लागू औषध फेलापारेको हो ।

स्कुटी चालक सूर्यविनायक नगरपालिका वडा नं. ६ सूर्यविनायक बस्ने २८ वर्षिय सुशान्त अवाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी बसन्त पाठकले बताए । स्कुटीको डिकीबाट नोर्फिन –४५ एम्पुल, डाईजोपाम –४५ एम्पुल, फेनेरागन –४५ एम्पुल, प्रयोग नभएको सिरिन्ज,

प्रयोग भएको सिरिन्ज – ६ थान परिमाणको लागू औषध फेलापारे उहाले बताए । अहिले स्कुटी सहित अवाललाइ नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए ।

 


Thali Mobile Pvt.Ltd.