भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ

लागू औषध मुद्दाका फरार अभियुक्त पक्राउ

अर्घाखाँची । लागू औषध मुद्दामा फरार अभियुक्त पाँच वर्षपछि अर्घाखाँचीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका–२ चुत्राबेशिका २९ वर्षीय मनोज अधिकारीलाई पक्राउ गरेको हो ।

मनोजलाई २०७४ चैत ६ गते जिल्ला अदालत अर्घाखाँचीले लागू औषध मुद्दामा दोषी ठहर गरेपछि मनोज भागेर फरार रहेका रहेका थिए । उनलाई पक्राउ गरि कैद भुक्तानका लागि कारागार चलान गरिएको जनाइएको छ ।

अधिकारीलाई गोप्य सूचनाको आधारमा सन्धिखर्कको एक होटलमा बसेको थाहा पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.