काठमाडौं । नेकपा एमालेका नेता भीम रावल र सूदुरपश्चिम इन्चार्ज लेखराज भट्टबीच जुहारी चलेको छ ।
भट्टले एक टेलिभिजन अन्तर्वार्तार्तामा ब्यक्त गरेको भनाईप्रति आक्रोश ब्यक्त गदैं रालले सबैले आआफ्नो पृष्ठभूमि र कामको स्मरण गर्नु उपयुक्त हुने भन्दै प्रश्न उठाएपछि त्यहाँ जुहारी चलेको छ ।
भट्टमाथी प्रश्न गदैं रावलले विधि र पद्दती नमान्ने पार्टीभित्र को हो ? भन्ने प्रश्न गरेका छन् ।
भट्टले आफूलाई नेतृत्वसँग कुरा नगरेको, विधि र पद्धति नमानेको लगायत आरोप लगाएपछि रावलले बुधबार सामाजिक सञ्जालमार्फत भटटमाथी विभिन्न टिप्पणीसमेत गरेका छन्।
यस विषयले प्राथमिक्ता पाएपछि सुदुरपश्चिममा एमालेको भोट भाडिने सम्भावना बलियो देखिएको छ ।
