भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

लोक सेवामा आफ्नी छोरीको उत्तर लेखिदिने अधिकृत शाहीको ५ वर्षसम्म बढुवा रोक्का गरिने

लोक सेवामा आफ्नी छोरीको उत्तर लेखिदिने अधिकृत शाहीको ५ वर्षसम्म बढुवा रोक्का गरिने

२९ असार २०७७ काठमाडौं । लोक सेवा आयोगले लिएको परिक्षामा आफ्नी छोरीलाई उत्तीर्ण गराउन आफै लागेका अधिकृत बावुको पाँच वर्ष बढुवा रोक्का र ग्रड वृद्धि रोका गर्न लागिएको छ । लोक सेवाअन्तर्गत कै सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत मिमबहादुर शाहीले यस्तो गरेको खुल्न आएको हो ।

शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएका थिए । मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाउदै उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्का गरिएको छ । एक नम्वरमा रहेकी उनकी छोरीको उत्तर पुस्तिका समेत रद्द गरिएको छ ।

आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरेको जानकारी सूचना टाँस गरेको थियो । कारबाहीको प्रस्ताव आयोगमा आइसकेकोले उनलाई छिट्टै कारबाही गरिदै छ । अधिकृत शाहीले वस्तुगत परीक्षाको उत्तर पुस्तिकामा सबै ५० वटै प्रश्नका उत्तरमा ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेको र पछि बाहिरिएपछि उनको उत्तर आफैले ए वि सी र डि बनाएर सच्याएको खुल्न आएको छ ।

अन्तिम नतिजा प्रकाशनको एक नम्बरमा आफ्नी छोरीको नाम समावेश गरेका शाहीले गरेको हर्कत सचिव आनन्दराज ढकाललाई असोभाविक लागेपछि पुनः छानबिन गर्न निर्देशन दिए । यसपछि बाबुको हर्कतको पर्दाफास भएको हो । सिस्टममा नै ट्र्याक भएपछि शाहीको लाजको घुम्टो उघारिएको हो ।

कानुन महाशाखाका प्रमुख धर्मराज कुइँकेलको नेतृत्वमा छानविन समिति गठन गरेर छानविन गरिदा अधिकृत शाहीले अनियमितता गरेको प्रमाणित भयो । अधिकृत शाहीले आफ्नी छोरीले वायु सेवा निगमको परीक्षा दिन लागेको पूर्व जानकारी सचिवलाई दिएको तर उत्तरपुस्तिका परीक्षण, नतिजा तयारीलगायतका काममा आफै संलग्न भएर यस्तो हर्कत गरेको खुल्न आएको हो ।

अनियमितताबारे आयोगले शाहीसँग स्पष्टीकरण लिएको तर चित्तबुझ्दो नभएपछि कारबाहीको दायरामा ल्याउन आयोग बाध्य भएको छ । लोक सेवा आयोगमा यो घटना पहिलो भने होइन । यस्ता कैयौ घटना घटाएर बदनाम समेत भैसकेको कार्यालयमा फेरी यो घटनाले यसको विश्वसनियता माथि नै गम्भिर प्रश्न खडा भएको छ ।

 


Thali Mobile Pvt.Ltd.