वस्तु आयातमा चार खर्ब नाघ्यो, निर्यातको गति ओरालो

वस्तु आयातमा चार खर्ब नाघ्यो, निर्यातको गति ओरालो

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको तीन महिनामा चार खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको देखाएको छ । तर निर्यात भने ओरालो लागेको छ । ६५ अर्ब रुपैयाँबराबरको मात्र निर्यात भएको तथ्याङ्कमा उल्यख छ । साउनदेखि असोजसम्म आयात ६३.७३ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख रुपैयाँको भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको छ । अघिल्लो वर्ष २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख रुपैयाँको मात्रै आयात भएको थियो । यो तीन महिनाको अवधिमा निर्यात १०९ प्रतिशतले बढेर ६५ अर्ब ५२ करोड ८३ लाख रुपैयाँको भएको तथ्यांक छ ।

के के भयो आयात ?

डिजेल
सबैभन्दा बढी डिजेल आयात भएको छ । ३ लाख ३२ हजार किलोलिटर डिजेल अर्थात २३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँको बराबरको आयात भएको छ ।

भटमासको तेल
कृर्षिमा आत्मनिर्भर मानिएको नेपालमा कच्चा भटमासको तेल २० अर्ब ६० करोड ६० लाख रुपैयाँ बराबरको १३ करोड २७ लाख ९९ हजार लिटर आयात भएको छ । पहिलो त्रैमासमा १७ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको मोबाइल फोन, १३ अर्ब ४ करोड ५३ लाख रुपैयाँ बराबरको कच्चा १२ पाम आयल आयात भएको विभागले जनाएको छ ।

पेट्रोल
यस्तै १२ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ बराबरको पेट्रोल, १२ अर्ब ८५ करोड ४६ लाख रुपैयाँ बराबरको आइरन स्टील, १२ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको एलपीजी ग्यास आयात भएको छ । ११ अर्ब ७ करोड बराबरको सुन र १० अर्ब १७ करोड १४ लाख रुपैयाँ बराबरको चाँदी आयात भएको भन्सार विभागले जनाएको छ ।

पहिलो तीन महिनामा करिब साढे ५ खर्ब मूल्य बराबरको वैदेशिक व्यापार भएको छ । साउनदेखि असोज मसान्तसम्ममा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन हालसम्मकै उच्च हो । आयातको अनुपातमा निर्यात नहुँदा तीन महिनाको अवधिमै ४ खर्ब १३ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । सो अवधिमा भएको व्यापारघाटा हालसम्मकै उच्च हो ।

 


Thali Mobile Pvt.Ltd.