काठमाडौं । सुन्दर, मनोरम देखिने यो ठाउँ सूर्यविनायक नगरपालिकाको गुण्डु क्षेत्र हो । हेर्दा जति सुन्दर र आकर्षक छ त्यतिनै उब्जाउ भूमि पनि हो यो ठाउँ । यी सुन्दर देखिने हरिया फाँटहरुले पनि भनिरहेको छ कि मेहनत गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ । यी दृश्यले पनि सहजै अनुमान गर्न सकिन्छ कि यहाँको विकासमा जनप्रतिनिधि कस्तो तरिकाले विकास निर्माणमा लागिपरेका छन् भनेर ।
यी उब्जनीका फाँटमा लगाइएका बालीनालीले पनि सकजै अनुमान गर्न सकिन्छ किसानको मेहनत कति छ भनेर । अन्न उब्जाउको हिसावले मात्रै होइन, यहाँको विकास निर्माणले पनि जनप्रतिनिधिको कार्य सहजै बुझ्न सकिन्छ । हो विकास निर्माण होस् त यस्तो होस् । यहाँको विकास निर्माणले अन्य ठाउँमा पनि सिको गर्न सकियोस् ।
सुर्यविनायक वडा नं. ७ गुण्डूमा तीनै तहको निर्वाचनपछि समग्र विकासले फड्को मारेको छ भनेर भन्न सकिएको अवस्था छ । बाटो, सडक, विजुली, स्वास्थ्य र शिक्षामा भएको प्रगतीले गुण्डूले मुहार फेरेको छ । चारैतीर सडक विस्तारले गर्दा स्थानीय खुसी भएका छन् ।
यस क्षेत्रमा गुणस्तरिय शिक्षा, बत्तिमुनीको अध्यारो हटाउँदै विद्युतको पुहुँच, कृषिमा आधुनिकीकरण र सूचना प्रविधिमा उपत्यका भित्रकै उत्कृष्ट गाउँका रुपमा परिचित गराउँने उदेश्य रहेको प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले बताए ।
पहिले पहिले हिडडुल गर्न निकै सास्ती भोग्ने यहाँका स्थानीय खोला खोलामा पक्कि पुल बनेपछि खुसी मात्रै भएनन्, जीवन यापनको उपयोग साथी बनेको अर्जुन खतिवडाले बताए ।
सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकिकरण, भूकम्पपछिको पुनः निर्माण, सार्वजनिक जग्गा संरक्षण लगायतका मुख्य समस्यालाई निर्वाचित जनप्रतिनिधिले संघ, प्रदेश र स्थानीय गरी तिनवटै तहको संयोजनमा समस्या समाधानलाई उच्च प्राथमिकता राखेर काम गरेको यहाँ देख्न सकिन्छ । अहिले सबै समस्याको सामाधान करिब सम्पन्न भएको जनप्रतिनिधि बताउँछन् ।
महादेव खोलामा निर्माण गरिएको पक्की पुल, गोकुलघाट खोलामा बनेको पक्की पुल, मगर गाउँ, किवाचोक, घट्टेखोला बुढीगण्डकी पुल, घट्टाको बाँध खोला पुल, रानीखोलामा पुल निर्माण त घोषणा पत्रमा उल्लेख गरिएका र त्यसै अनुसार निर्माण गरिएका वडाध्यक्ष रविन्द्र सापकोटाले बताए ।
यहाँ मठमन्दिर, पाटीपौवा, सास्कृतिक महत्व र परम्पराको संरक्षण तथा जगेर्नालाई प्राथमिक्ता दिदै पर्यटकीय क्षेत्रहरुको विकासमा टेवा पु¥याएको देखिन्छ । सार्वजनिक जग्गाको संरक्षण गर्दै यातायातको व्यवस्थित सञ्चालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । घोषषा पत्रमा उल्लेख भएका जति नभएपनि जनताले महशुस गर्ने गरी विकास निर्माण भएको स्थानीयले सुनाए ।
पूर्वाधार विकासमा गुण्डूको मूल सडक, घुम्ति किवाचोक सडक, तिथली मगरगाउँ सडक, बुढीगण्डकी लिखानारायण सडक, रानीखोला सिलामागाल घ्याम्पेडाँडा सडक, भैरवी स्कूल सडक मार्ग, कुलडाँडा, प्रधान डाँडाँ, धोबिखोला रानीकोट तथा पोखरी थुम्का सडक, बुढीगण्डकी मच्छेश्वर मन्थली सडक, तारकेश्वर घ्याम्पेडाँडा सडक, घट्टाको बाँध भैरव मन्दिर सडक, मगरगाउँ सडक,
गणेश मन्दिर नगरकोटी टोल सडक, पधेराको डोल नगरकोटी टोल कान्छी डाँडा सडक, कोँजु टोल सडक, तारकेश्वर खत्रीटोल सडक, खहरे पाथिभरा तामाङ्ग टोल सडक, खुलिमुली थापा टोल सडक, पञ्चटोल सडक, विनायक टोल सडक, तीनधारा प्राणी उद्यान सडक, खतिवडा टोल महादेवखोला सडक, पिपलडाँडा सानुथुम्को घ्याम्पेडाँडा सडक आदि उदाहरणीय सडक निर्माण भएका छन् ।
सडक र पुल निर्माण गर्दा स्थानीय अवरोध नभएको भने पक्कै होइन । तर पनि काम गर्न सफल भएको सापकोटाको भनाइ छ । स्थानीयको सहभागितामा शिक्षा क्षेत्रले पनि यहाँ फड्को मारेको देखिन्छ । ज्योती माध्यामिक विद्यालय, भैरवी आधारभूत, चन्द्रसुर्योदय आधारभुत विद्यालयको शैक्षिक विकासले पनि सहजै शिक्षा क्षेत्रको अवस्थाका बारेमा जानकारी दिन्छ ।
शौचालय, कम्पाउण्ड निर्माण, कम्प्युटर र ल्यावसहितको गुणस्तरीय शिक्षा, स्थानीय जनसमुदायको अपनत्व कायम हुनेगरी शैक्षिक वातावरण कायम गरिएको छ । वडामा रहेका तीनवटै विद्यालयमा लाइब्रेरी तथा सबै विद्यार्थीलाई वडाबाट ट्रायकसुट (युनिफम) वितरण गरि आमविद्यार्थीहरुलाई स्थानीय सरकारको महुस गराइएको छ भन्दा अतियुत्ति नहोला ।
शैक्षिक विकासमा कसरी थप प्रगति गर्न सकिन्छ ? यसको खोजीनीति गर्ने काम शिक्षकको पनि भएकाले शिक्षक, विद्यार्थी, अभिभावक सबैको जोडबलमा अघि बढ्दै गएको ज्योति माध्यामिक विद्यालयका प्र.अ कृष्णलाल नेमाफुकीले बताए ।
जनप्रतिनिधिको निरन्तरको अनुगमन, शिक्षामा गुणस्तरीयता कायम गर्न सबैको भूमिका महत्वपूर्ण भएकाले यस क्षेत्रको शैक्षिक वातावरण सुधारिएको भैरबि आधारभूत विद्यालयका प्र.अ राजकुमार बस्नेतले बताए । विद्यार्थीको संख्या अधिक भएको र भौतिक संरचनाको अभाव खड्कीएको बस्नेतको भनाइ छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले भवन निर्माणमा अझै ध्यान दिनु पर्ने उनको भनाइ छ । यती मात्रै होइन खेल क्षत्रमा पनि गुण्डुले उल्लेख्य प्रगति गरेको छ । गुण्डूका छेडोमा फुट सल निर्माण तथा बास्केटबल कोर्ड निर्माण, मन्थलीमा फुटबल ग्राउन्डको स्तरउन्नती गरी नगरपालिका भित्रका सबै वडाका खेलाडी विकासमा ध्यान दिइएको देख्न सकिन्छ ।
शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिक्तामा राखेको गुण्डुक्षेत्रका जानकार बताउँछन् । साामान्य रुपमा चलिरहेको गुण्डु स्वास्थ्य चौकीको विकास गरी नागरिकलाई आधारभुत स्वास्थ्य सेवा पु¥याउने कार्य गरियो छ । निर्वाचित भएसंगै यहाँका जनप्रतिनिधिले ल्याब सेवा सञ्चालन गर्न सफल भएको बताए ।
भवनको तला थप गरी तालिम हल निर्माण, कम्पाउण्ड वाल, शौचालय, भान्छा घर स्टोरमा फ्रिजको व्यवस्था, विभिन्न प्रकारका स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यहरु गरिरहेको जानकारी दिदै गुण्डु स्वास्थ्य चौकी भक्तपुर जिल्लामा दोस्रो र सूर्यविनायक नगरपालिकामा पहिलो स्वास्थ्य चौकी बनाउन सफल भएको स्वास्थ्य चौकी प्रमुख राजिव महताले बताए ।
कोभिड १९ महामारीका बेला समेत आमनागरिकलाई सुरक्षित गर्दै पिसीआर परिक्षण गरिएको स्मरण गर्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले नागरिकको घरघरमा गइ सेवा दिएको भन्दै अहिले ९९ प्रतिशतले कोरोना विरुद्धको भ्याक्सीन लगाइसकिएको स्वास्थ्य चौकी प्रमुख महताले बताए ।
यस्तै एक घर एक धारा सबै नागरिकको घरसम्म पुगाउने उद्देश्यले गुण्डू खानेपानी र किवाचोक खानेपानी समिति समायोजन गरी एकीकृत खानेपानी समिति गठन गरेर गुण्डूको कार्की गाउँ मन्थली र तीनधारा किवाचोक क्षेत्रमा खानेपानीका धारा वितरण गरिएको बृहत गुण्डू खानेपानीका अध्यक्ष मनकराम थापाले बताए ।
स्थानीयको चहाना अनुसार सुब्बापाखामा पाथीभरा मन्दिर निर्माण, तीथली चोकमा गणेश मन्दिर, बङगलामुखी मन्दिर तथा रणबम पाटी तथा आत्मशुद्धिकरण देवालय निर्माण गरिएको छ । बस्नेत गाउँमा रहेको पुरानो जिर्ण रणबम पार्टीलाई पुनःनिर्माण गरी आत्मशुद्धिकरण देवालयसमेत निर्माण गरिएको छ ।
२०७२ को विनाशकारी भूकम्पले भग्नाबशेसमा परिणत भएको रातोपार्टीलाई पुरातात्विक शैलीमा पुनःनिर्माण गरिएको छ । यस्तै उर्वर भूमि गुण्डु क्षेत्रमा प्रति जग्गा संरक्षण गरेर सिँचाइलाई व्यवस्थित गरिएको छ । मुख्य मुहानबाट पानी थुनेर सयौं हेक्टर जमिनमा सिंचाइ पु¥याउन अति कठिन थियो ।
उक्त स्थानमा व्यवस्थित मुहान बनाएर सिँचाइका लागि घट्टाको बाधबाट खेतसम्म सहजै पानी पु¥याउन सफल भएको छ । कुलो प्राय सबै पक्कि बनाइएको छ । देउबन्जार टोलको स्याल्स सहितको पक्की कुलो निर्माणले देउबन्जार टोल, फाजु टोलमा सिचाइका अलावा स्थानीयले बाटोको सुविधा उपभोग गर्न पाएका छन् ।
गुण्डुको छेडोमा रहेको प्रति जग्गा संरक्षण गरी बास्केटबल कोड निर्माण, हाकेडाँडा प्रति जग्गा संरक्षण गरी बागमती प्रदेश स्तरीय यातायात कार्यालय निर्माण, सो क्षेत्रमा यातायात कार्यालय निर्माणको प्रक्रिया अगाडि बढेको छ भने यातायात कार्यालय सञ्चालनमा आएपछि रोजगारी श्रृजना भै स्थानीय स्तरमा आयस्रोतमा वृद्धि हुने विश्वास लिइएको छ ।
वडाको सौन्दर्यतालाई ध्यानमा राखेर हेल्थपोष्ट अगाडिको पिपल चौतारीमा प्रतिक्षालय, गुण्डुचोक प्रतिक्षालय, गोकुलघाट पार्टी तथा प्रतिक्षालय, घट्टाको बाध प्रतिक्षालय, गुण्डुको छेडा प्रतिक्षालय, रणबम पार्टी प्रतिक्षालय निर्माण गरिएको जनप्रतिनिधिले बताएका छन् । यसबाट खुल्ला क्षेत्रमा विश्राम लिने जेष्ठ नागरिक, अशक्त, अपाङ्गतालगायत सर्वसाधारणलाई सहजै सुविधा पुगेको छ ।
आन्तरिक तथा वाह्य पर्यटकलाई ध्यानमा राखी पदमार्ग निर्माण
आन्तरिक तथा वाह्य पर्यटकलाई ध्यानमा राखी अन्नतझुला पदमार्ग रातोपाटीबाट अन्नतलिङ्गेश्वर जाने बाटो, पदमार्ग अन्तर्गत पक्कि वाल सहित ढुंगा छपाइ गरी पद मार्ग निर्माण गरिएको छ । पद मार्गबाट झोलुङ्गे पुल हुँदै अन्नतलिङ्गेश्वर मन्दिर पुग्न सहज भएको । हात्तीगौडा, सुवणेश्वर मन्दिर क्षेत्रमा पदमा मार्ग निर्माणले आन्तरिक र बाह्य पर्यटकमा बृद्धि भइरहेको देखिन्छ ।
पर्यटकीय पदमार्गका रुपमा खहरेबाट खत्रीटोल हुँदै पाइटबाबा आश्रम, ध्याम्पे डाडँबाट चुच्चेढुङ्गा पद मार्ग तथा गुम्बा निर्माण क्षेत्रमा कच्ची पदमार्ग निर्माण गरिएको छ । सहरको कोलाहल पूर्ण बातावरणबाट शान्त हुन र रमाइलो गर्न यस क्षेत्रमा अहिले आन्तरिक पर्यटकको घुइचो देख्न सकिन्छ ।
चुच्चेढुंगा घुम्न आउँदा आनन्द आयाे
पहिलो पटक चुच्चेढुंगा घुम्न आउँदा आनन्द आएको सप्तरीबाट आएका शान्तबहादुर रायमाझीले बताए । शान्ति खोज्न अष्ट्रेलिया र अमेरिका धाउनु भन्दा आफ्नै देशका यी ठाउँहरुमा शान्ति पाइने उनको भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रमद्धारा वडाभित्र रहेका यी पदमार्ग निर्माण, संरक्षण तथा व्यवस्थापन लगायतका कार्यहरु गरिएको वडा अध्यक्ष सापकोटाले बताए ।
पर्यटकिय क्षेत्र रानीकोट गढी क्षेत्रमा पुरातत्व विभागबाट उत्खनन गरी संरक्षण गर्ने कार्यलाई विशेष प्राथमिक्तामा राखिएको सुर्यविनायक वडा नं. ७, का वडाध्यक्ष रविन्द्र सापकोटाले बताए । चुच्चेढुंगा पुग्न सिढी निर्माण, रेलिङ्ग जडान तथा रानीकोट प्रवेशद्वारा निर्माणले गर्दा अहिले हजारौ पर्यटकहरुको यहाँ भिड लाग्ने गरेको छ ।
पदमार्गमा रेलिङ हाल्न जरूरी
पुरातत्व शैलीको ठूलो खालको चुच्चो ढुङ्गा रहेको रानीकोट क्षेत्रमा पदमार्ग निर्माण गरी रेलिङबार हाल्ने कार्यले यसको शोभा बढाएको छ । चुच्चे ढुङ्गा क्षेत्र अति रमणिय भएकाले र उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाईने भएकाले यहाँ आन्तरिक तथा बाह्य गरी हजारौं पर्यटकहरु आउने गरेका छन् । तर यहाँ रेलिङ्गकाे अभाव खड्कीएकाे छ ।
चुच्चे ढुंगा, रानीकोट गढी हेर्ने पर्यटकका लागि खाने बस्नका लागि सुविधासम्पन्न होटल भिलेज हाइल्याण्ड सहितका होटलहरु यस क्षेत्रमा छन् । पर्यटकहरुका लागि ऐतिहासिक महत्व बोकेको घ्याम्पो निर्माण अझ आकर्षणको केन्द्र बनेको छ । घ्याम्पेडाँडाको पहिचानका रुपमा रहेको प्रसिद्ध घ्याम्पो स्थापनाले स्थानीय पहिचानलाई झल्काएको छ ।
घ्याम्पो बन्याे आकर्षणकाे केन्द्र
घ्याम्पेडाँडामा ठूलाे घ्याम्पाे निर्माण गरिएकाे छ । घ्याम्पो निर्माण पछि अहिले यहाँ शेल्फी खिच्ने र मनोरञ्जन लिनको घुइचो लाग्ने गरेकाे छ । सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्नाले होटल तथा व्यापार व्यवसाय फस्टाएको छ । निजि क्षेत्रबाट घ्याम्पेडाँडा क्षेत्रमा स्तरीय होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आएका छन् ।
यहाँ पर्यटकलाई थप मनोरञ्जन दिन सहासिक पर्यटनलाई पनि निजीक्षेत्रले प्राथमिक्ता दिएको छ । सहासिक पर्यटनका हिसावमा जीप लाइनले पनि आकर्षण थपेको छ । जीपलाइन र साइकलिङ्ग गर्न सबै पर्यटकलाई भने सहज छैन । यसमा संचालकले केही शुल्कमा समायोजन गर्न र सबैको पहुँच विस्तार गर्न जरुरी छ । हो, विकासले धपक्कै बलेको यो क्षेत्रको सिको अन्य क्षेत्र र समुदायले गर्न आवश्यक छ ।
