सीपीसी विदेश विभाग प्रमुख जियनछाओ र अध्यक्ष बिजुक्छेँबीच भेटवार्ता

सीपीसी विदेश विभाग प्रमुख जियनछाओ र अध्यक्ष बिजुक्छेँबीच भेटवार्ता

भक्तपुर । नेपालको चार दिने भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख लिउ चियनछाओ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच भक्तपुरमा भेटवार्ता भएको छ ।
बुधबार भएको भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्ध र दुईपक्षीय हितकाबारेमा कुराकानी भएको जनाइएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नेपाल भ्रमणमा आएका लिउ जियनछाओको टोलीलाई भक्तपुर दरबार क्षेत्रको मुल प्रवेशद्वारामा फूलको गुच्छा, म्हिचा र भादगाउँले कालोटोपी प्रदान गरी स्वागत गरेका थिए ।

प्रमुख जियनचाओले भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक सम्पदाहरु बद्री नारायण मन्दिर, केदारनाथ मन्दिर, लाल बैठक, वत्सला मन्दिर, स्वर्णद्वार, पच्पन्न झ्याले दरवारसिद्धिलक्ष्मी मन्दिर, शिलु महादेव, पहाँछें, चतुर्ब्रम्ह महाबिहार हुँदै टौमढीस्थित पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, बेताल द्योछें लगायतको रुचिपूर्वक अवलोकन गर्नुका साथै २०७२ सालको विनासकारी भूकम्पले यहांका सम्पदाहरुमा पु¥याएको क्षतिको विषयमा जानकारी लिएका थिए । उनले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा भक्तपुर नगरपालिकाले गरेको काम निकै प्रशंसनीय भएको बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.