भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

विद्युत प्रशारण लाइनमा पुरुष हिँड्दा सेना गुहारियो

विद्युत प्रशारण लाइनमा पुरुष हिँड्दा सेना गुहारियो

काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष हिडेपछि नेपाल विद्युत प्राधिकरणले उनलाई तल झार्न सेनाको गुहार माग्न प¥यो । विद्युत उत्पादन बन्द गरेर उनको उद्धार गर्दा झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गर्न परेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास असफल भएको थियो ।

बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको कुलमान घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको हो ।

बोलाउँदा झन् झन् माथि गइरहेको त्यो मानिसलाई नेपाली सेनालाई पनि धौधौ परेको छ । आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार नभएपछि समातेर ल्याउन नसकिएको हो । घिसिङले ती ब्यक्तिमा मानसिक समस्या रहेको बताएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.