भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

बाँकेमा मनसुनबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी

बाँकेमा मनसुनबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी

बाँके । जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेमा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरेकोे छ । यसवर्ष मनसुनबाट बाँकेका १० हजार र सबै विपद्बाट २५ हजारलाई असर पर्नसक्ने आङ्कलन गर्दै जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुनसक्ने आङ्कलनअनुसार सबै सुरक्षा निकाय र विषयगत समितिलाई तयारी अवस्थामा राखिएको छ । मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपद्का बेला खोज तथा उद्धारमा प्रयोग हुने सामग्री प्रयोग गरी प्रदेश सरकार, सबै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा असार ६ गते बिहान ११ बजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरिएकोे छ ।

बाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान अविलम्ब गर्ने, पालिकाभित्र भएको विपद्मा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद् सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, लेखाजोखा तथा घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने र नदी तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्नेजस्ता कार्यहरु रोक्ने निर्णय गरिएको समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

उक्त समितिले अत्यावश्यक सामग्री खानेकुरा, कपडा, औषधि, पानीहरुको आवश्यक भण्डारण गर्ने निर्णय गरेको छ । नजिकको नदीनालामा पानीको बहावको सूचना लिई नदीको सतह बढेको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना प्रवाह गर्नेसमेत निर्णय भएको उहाले जानकारी दिनुभयो । बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नालालगायत जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि समयमै रोकथाम तथा आपत्कालीन तटबन्धका लागि कार्य गर्न सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिने निर्णयसमेत समितिले गरेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.