विप्रेषण बढ्यो, तेलजन्य पदार्थमा ३१ प्रतिशत मूल्य वृद्धि

विप्रेषण बढ्यो, तेलजन्य पदार्थमा ३१ प्रतिशत मूल्य वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७, ०७८ को ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनअनुसार कोरोना कहरले आर्थिक गतिविधि ठप्प हुदा पनि अर्थतन्त्रका लागि विप्रेषण सहयोगी देखिएको छ । नेपाल भित्रिने विप्रेषणमा कमी आएको छैन ।

गत जेठको तुलनामा १२.६ प्रतिशतले बढेर नेपाल भित्रने विप्रेषण आठ खर्ब ७० अर्ब ९४ करोड रुपियाँ पुगेको नेपाल राष्ट्रि बैंकले जनाएको छ ।

तर यता घिउतेलको मूल्य ३०.९८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले जनाएको छ । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाकै अवधिमा खासगरी खानेतेलको मूल्य अत्यधिक बढेको हो ।

 


Thali Mobile Pvt.Ltd.