भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

विप्लवका दाजु बिरजङ्ग चन्दको निधन

विप्लवका दाजु बिरजङ्ग चन्दको निधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘बिरजङ्ग को निधन भएको छ ।

नेकपाका पोलिटव्युरो सदस्यसमेत रहेका बिरजङ्गको ६१ वर्षको उमेरमा भारतको दिल्लिस्थित म्याक्सअस्पतालमा गएराती निधन भएको परिवारले जनाएको छ ।

पार्टी प्रतिबन्धित रहेको अवस्थामा लामो समयसम्म हिरासत र जेल जीवन बिताएका उनलाई जेलभित्रै मुटुको रोग लागेको थियो । दुईपटकसम्म मुटुको शल्यक्रिया भएको थियो । उनलाई प्रहरी हिरासतभित्रै कोरोना संक्रमणसमेत भएको पनि परिवारले बताएको छ ।

२०१७ रोल्पाको इरिबाङमा जन्मिएका बिरजङ्ग क्रान्त्किारी र इमान्दारी छविका नेताका रुपमा चिनिन्छन् । उनको शव भारतबाट भोलि नेपाल ल्याइने र कपिलवस्तुको शिवगढीस्थ्ति उनको घरमा श्रद्धाञ्जलीसभा आयोजना गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.