भर्खरै : Sorry, your browser does not support inline SVG.

ओली कदमविरूद्व विप्लव नेकपाले १० गते नेपाल बन्द गर्ने

ओली कदमविरूद्व विप्लव नेकपाले १० गते नेपाल बन्द गर्ने

काठमाडौं। सरकारले प्रतिबन्धित लगाएको ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दसहित विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । माघ १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

माघ ३ गते देशव्यापी विरोध जुलुस, ५ गते देशव्यापी विरोध सभा, ७ गते देशव्यापी विरोध प्रदर्शन र ९ गते देशव्यापी मशाल जुलुस गर्नेसमेत सो पार्टीले जनाएको छ ।

केपी ओली नेतृत्वको सरकारले पार्टीको काममा खटिएका नेता कार्यकर्तालाई पक्राउ गरी यातना दिने, दुव्र्यवहार र कुटपिट गर्ने गरेको घटनाको निन्दा गर्दै विप्लव नेकपाले हिरासतमा निर्मम यातना दिने, जेल हाल्ने र लाखौं धरौटी तोक्ने गरेकोले त्यो सबै गतिविधि बन्द गर्न माग गरेको छ।

पुस २९ गते पार्टी केन्द्रीय सचिवालय सदस्य कन्चन, विवेक र विशाललाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै उसले त्यस्ता गैरन्यायिक गतिविधि रोक्न माग गरेको हो । जनताको मुक्तिका लागि सुरु गरिएको आन्दोलन धरपकड र यातनाले नरोकिने विप्लवले स्पष्ट पारेको छ ।

दमनले सफलता प्राप्त नगर्ने र केपी ओली नेतृत्वको सरकार छिट्टै पतन हुने ठोकुवा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस, प्रचण्ड–नेपाल पक्षको नेकपा, जसपालगायतका दल सडक संघर्षमा उत्रेका बेला विप्लवको देशव्यापी विरोध कार्यक्रमले अर्थपूर्ण ढंगमा हेरिएको छ।

 


Thali Mobile Pvt.Ltd.