काठमाडौं । ‘सलाम वालेकुम’ भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टेलिफानमा फोन आयो । उक्त फोनमा विमानस्थलको आन्तरिक टर्मिनलमा सात वटा बम रहेको खबर पठाइयो ।
बम रहेको सुचना पाएपछि टर्मिनल ड्यूटी अफिसर अन्यठाउँमा पनि जानकारी दिए । दुईपटक फोन आएपछि तत्काल ड्यूटी अफिसरले विमानस्थल प्रशासनलाई जानकारी गराएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
प्रशासनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई जानकारी दियो । नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर सर्च अपरेशन थाल्यो । तर विमानस्थलमा कुनै पनि शंकास्पद वस्तु भेटिएन ।
विमानस्थल प्रशासनले टर्मिनलका यात्रु र कर्मचारीलाई बाहिर निकालेर खर्च अपरेशन थाल्यो । शंकास्पद वस्तु नभेटिएपछि नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा गलत सूचना दिने व्यक्तिबारे अनुसन्धान गरिरहेको
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले बताए । अष्ट्रेलिया र मलेसियाको नम्बर देखिने गरी फोन गरिएको विषयमा छानबिन भइरहेको छ । विमानस्थलमा बम फेला नपरेपछि विमान सुचारु गरिएको छ ।
