भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वकपमा स्थान बनाउन नेलाललाई जित्नैपर्ने दबाब, आज यूएईसँग भिड्दै

विश्वकपमा स्थान बनाउन नेलाललाई जित्नैपर्ने दबाब, आज यूएईसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा आज नेपालले यूएईसँग भिड्दैछ । मुलपानी मैदानमा बिहान ११ बजे खेल सुरु हुनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल खेल्न लागेका हुन् ।

यो खेलको विजेताले छनोटको फाइनलमा स्थान बनाउनका लागि आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन् । नेपाल आजको खेलमा यूएईलाई हराउँदै घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारको बदला लिन चाहन्छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेता बनेको थियो । आजै हुने अर्को सेमिफाइनलमा ओमान र बहराइन भिड्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.