भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

विश्वभर १ करोडबढी सक्रिय संक्रमित, नेपालमा थप ७ जनाको मृत्यु

विश्वभर १ करोडबढी सक्रिय संक्रमित, नेपालमा थप ७ जनाको मृत्यु

काठमाडौं । विश्वभर १ करोडबढी सक्रिय संक्रमित रहेका छन्।२४ घण्टामा थप ४ लाख ५२ हजार ४६२ जना संक्रमित भएसँगै संक्रमितको संख्या ४ करोड २९ लाख २३ हजार ९४२ पुगेको छ । त्यसमध्ये ७७ हजार १ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । २ लाख ४० हजार ५ सय ५७ जना निको भएर घर फर्किएका छन् भने संक्रमण मुक्त हुनेको संख्या ३ करोड १६ लाख ६५ हजार ७०५ पुगेको छ । यता नेपालको पोखराका चारसहित थप सात जना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १ का ४२ वर्षीय कोरोना संक्रमित पुरुष, महानगरपालिका २२ का ६८ बर्षीय पुरुष, महानगरपालिका ३१ का ५८ बर्षीय पुरुष, महानगरपालिका १५ का ५२ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । यस्तै मोरङको विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।

यस्तै सुनसरीको धरान उपमाहानगरपालिकामा पनि थप एक संक्रमितको मृत्यु भएको छ । धरान १७ का ६२ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । यता धनगढीमा पनि थप एक संक्रमितको मृत्यु भएको छ । डोटीका व्यापारीको धनगढीमा कोरोनाबाट मृत्यु भएको हो । जेभी आयल स्टोर दिपायलमा कार्यरत कोरोना संक्रमित कर्णबहादुर भण्डारीको मृत्यु भएको हो ।

जनार्दन शर्मालाई कोरोना
नेकपा नेता एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शर्माकी पत्नी लक्ष्मीलाई पनि संक्रमण पुष्टि भएको छ । आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह शर्माले अनुरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.