भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

विश्वमा ५ करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित

विश्वमा ५ करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित

काठमाण्डौ । हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व अल्जाइमर दिवसको रूपमा मनाइँदै आइएको छ । यस वर्ष पनि विभिन्न कार्यक्रम गरेर विहिबार विश्व अल्जाइमर दिवस मनाउन लागिएको हो । अल्जाइमर रोग मुख्य रूपमा वृद्ध अवस्थामा मस्तिष्कमा देखिने एक किसिमको समस्या हो । यो समस्या साधारण रूपमा शुरु हुन्छ र पछि गएर जटिल किसिमको समस्या बनेर देखा पर्ने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अहिले विश्वमा ५ करोड ५० लाख व्यक्तिहरू डिमेन्सियाबाट पीडित रहेका छन् भने हरेक वर्ष १ करोड नयाँ बिमारीहरू थपिँदै गएका छन् । त्यसैले पनि अल्जाइमर रोगको समस्या विश्वमा तीव्र रूपमा बढिरहेको देखिन्छ । मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ । यसरी मस्तिष्कका कोशहरू नष्ट हुँदै गएपछि व्यक्तिले केही बेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ । यो बिर्सने क्रम बढ्दै गएपछि अल्जाइमर हुन्छ ।

सामान्य अवस्थामा हुँदा धेरै व्यक्ति वा परिवारका सदस्यहरूले यो समस्या प्रति वास्ता नै गर्दैनन् पछि गएर यही समस्या जटिल बनेर देखा पर्ने गर्छ । यो हुनुको मुख्य कारण भनेको धेरै व्यक्तिलाई अल्जाइमर रोगको विषयमा जानकारी नहुनु नै हो । तर अल्जाइमर रोगको प्रकृति र यसले ल्याउने समस्यालाई हेर्ने हो भने यो रोगको विषयमा घरमा वृद्ध अवस्थाका व्यक्ति भएको परिवार वा कुनै बेला आफू पनि वृद्ध अवस्थामा पुगिन्छ भन्ने कुराको महसुस गर्ने व्यक्तिहरूले अल्जाइमरको विषयमा जानकारी भने राख्नै पर्छ ।

 


Thali Mobile Pvt.Ltd.