भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

विश्वासको मतमाथि छलफल गर्दै प्रदेश १, मतदान मिति आजै टुङ्गो लगाउन विपक्षीको दवाव

विश्वासको मतमाथि छलफल गर्दै प्रदेश १, मतदान मिति आजै टुङ्गो लगाउन विपक्षीको दवाव

विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री भीम आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।

भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रकृयामा जानेछ ।

मतदान समय केही दिन पर धकेल्न सत्ता पक्षको तयारीलाई मध्यनजर गरी विपक्षीले आजै मतदानको मिति तय गरिनु पर्ने जिकिर गरेको छ । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भए पनि मुख्यमन्त्री आचार्यले संसद छलेर धमाधम राजनीतिक नियुक्ति गरिरहेको विपक्षीको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.