भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्वासको मतमाथि छलफल गर्दै प्रदेश १, मतदान मिति आजै टुङ्गो लगाउन विपक्षीको दवाव

विश्वासको मतमाथि छलफल गर्दै प्रदेश १, मतदान मिति आजै टुङ्गो लगाउन विपक्षीको दवाव

विराटनगर । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री भीम आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।

भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रकृयामा जानेछ ।

मतदान समय केही दिन पर धकेल्न सत्ता पक्षको तयारीलाई मध्यनजर गरी विपक्षीले आजै मतदानको मिति तय गरिनु पर्ने जिकिर गरेको छ । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भए पनि मुख्यमन्त्री आचार्यले संसद छलेर धमाधम राजनीतिक नियुक्ति गरिरहेको विपक्षीको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.