भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा नगरकोट नाल्दुम पर्यटन विकास समितिले वृक्षारोपण गरेको छ । दिवसको पारेर अवसर नगरकोट नाल्दुम पर्यटन विकास समितिले आइतबार वृक्षारोपण तथा फोहोरमैला व्यवस्थापन गर्न स्टिल जालीको बास्केट स्थापना गरेको हो ।
समितिले २०७९ साल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित जन प्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदिपजंग अधिकारीले जानकारी दिए ।
कार्यक्रममा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका नवनिर्वाचित मेयर टोक बहादुर वाईवा, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धन बहादुर लामा लगायत विभिन्न संघसस्थाका प्रतिनिधि , पर्यटन व्यावसायी, पर्यटन विकास समितिका पुर्व अध्यक्ष, सल्लाहकार,पदाधिकारी, सामाजसेवीहरू र स्थानीय जनताको सहभागिता रहेको थियो ।
फोटो

