भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

वीर अस्पताल अगाडिका औषधि पसलमा डाेजर लगाउँने महानगरको उर्दि

वीर अस्पताल अगाडिका औषधि पसलमा डाेजर लगाउँने महानगरको उर्दि

काठमाण्डौ । वीर अस्पताल अगाडिका टहरामा संचालित औषधि पसल महानगरले हटाउने भएको छ । काठमाण्डौ महानगरपालिकाले फार्मेसी सञ्चालकलाई २४ घण्टाभित्र औषधि पसल हटाउन निर्देशन दिइसकेकाे जनाएको छ ।

तर, फार्मेसी सञ्चालकले भने उक्त निर्णयकाे कार्यान्वयन नगर्ने भन्दै तत्कालै हटाउन नसकिने बताएका छन् । आज दिउँसो १ बजेसम्म औषधि पसल नहटाए डोजर लगेर महानगर आफैँले हटाउने महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताए।

ती औषधि पसल हटाएर वीर अस्पताललाई कुनै हानि नगर्ने तर नक्सा विपरीत रहेका औषधि पसल हटाइने महानगरकाे ठहर छ । यसअघि पनि वीर अस्पतालले ती टहरामा रहेका औषधि पसल हटाउन खोजेको थियो ।

अस्पताल अगाडि टहरामा रहेका औषधि पसलमा बगैँचा रहेकाले नक्सा विपरीत फार्मेसी सञ्चालन गरेकाले भत्काउन लागेको हाे ।

काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई निरन्तरता दिँदै गएकाे जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.