भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

केहि समय कतारले भिजिट भिसा बन्द गर्ने

केहि समय कतारले भिजिट भिसा बन्द गर्ने

काठमाडौं । फिफा वल्र्डकपलाई लक्षित गर्दै कतारले केही समयका लागि भिजिट भिसा बन्द गर्ने भएको छ । गृहमन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ नोभेम्बरदेखि डिसेम्बर २३ सम्म भिजिट भिसा बन्द गर्न लागेकाे जानकारी दिएको छ ।

उक्त समयमा फुटबलको रौनक ह्वात बढ्ने हुँदा पर्यटकले मात्र कतार प्रवेश गर्न पाउने भएका छन ।

हय्या कार्ड हुनेहरूले हवाई, स्थल र सामुद्रिक सीमानाबाट प्रवेश पाउने बताइएकाे छ ।

यस निर्णयबाट कतार बाहिर रहेका कतारी नागरिक र कतारी आइडी भएका सबै यात्रु, वर्क परमिट भिसा भएका नयाँ कामदार र कतार सरकारको आधिकारिक स्वीकृतिमा आउने यात्रु तथा पाहुनामा कुनै असर नपर्ने बताइएकाे छ ।

खेल चलिरहेको बेला पनि यी यात्रुहरू कतार आउन जान सक्ने मन्त्रालयले जनाएको छ । हय्या कार्ड भएको व्यक्तिहरू जनवरी  २०२३ सम्म कतार बस्न पाउने छन् ।

 


Thali Mobile Pvt.Ltd.